Swornakshar Logo

चन्द्रागिरीमा हिउँ पर्यो

९ माघ । काठमाण्डौ । पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भएको छ । मौसममा आएको बदलीसँगै काठमाण्डौको चन्द्रागिरीमा हिउँ परेको छ ।

पश्चिमी वायुको प्रभावका कारण मंगलबारदेखि नै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैरहेको पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो पनि बढ्नेछ ।