Swornakshar Logo

नेकपा प्रवेश गर्दै कांग्रेस पूर्वसभापतिले भने म हिजोदेखि नै कम्युनिष्ट थिएँ

५ माघ । काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा सांसद तीर्थ भुसाल शनिबार नेपाल कमयुनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा शनिबार बिहान उनलाई अध्यक्ष दाहालले पार्टी प्रवेश गराएका हुन् ।
नेकपाको मुख्यालय धुम्बाराहीमा एक पत्रकार सम्मेलन गर्दै उनी पार्टी प्रवेश गरेको औपचारीक जानकारी दिइएको छ । पार्टी प्रवेश कार्यक्रममा बोलदै नेता भुसालले आफू पहिलेदेखि नै कम्युनिष्ट रहेको बताए । ‘तपाँईहरुलाई यो मान्छे भर्खर वामपन्थी बन्न लागेको छ भन्ने लाग्ला , त्यस्तो होइन म हिजोदेखि नै कम्युनिष्ट थिएँ ।’ ‘मलाई लाग्छ यो १२ साल तिरको कुरा हो । मेरो पिताजीले त्यतिबेलाका सामन्तवादीहरुको विरुद्धमा १ लाख पैंसठ्ठी हजार पर्ने तमसुक तोडाउनुभयो ।’ पार्टी प्रवेश कार्यक्रममा बोल्नै नेता भुसालले भने–‘मेरो परिवार हिजोदेखि नै सामन्तवादको विरुद्धमा परिवर्तनका लागि सामाजवादका लागि लड्दै आएको परिवार भएका कारणले र एउटा पार्टीमा लामो समय काम गरेर पनि मैले त्यहाँ जे देखें, र मेरो आदरणीय नेता विपी कोइरालाले आफूलाई तिमिले आफ्नो इतिहास आफैं बनाउनुपर्छ भनेका थिए ।’
यो देश बनाउनका लािग धेरै सरकारहरु नेपालमा बनेको भन्दै नेपाली जनताले चाहेको मुक्ति र आर्थीक परिर्वत हुन नसकेर अहिलेसम्मका सरकारहरु असफ बन्दै गएको उनले बताए । ‘अब यो देश बनाउनका लागि, झुप्रोमा बस्नेको लागि जुन बलिदान गरेको छ त्यो बलिदान पूरा गर्नका लागि नेपालकै इतिहासमा यो सरकार शक्तिशाली भएको महसुस मैले गरेको छु ।’ पार्टी प्रवेश पश्चात उनले भने । जनताको मुक्ति र सामाजिक परिवर्तनका लागि नेकापाको महत्वपूर्ण भूमिका हुने उनले बताए । साथै उनले नेपाल निर्माणको अभियानमा सबैलाई साथ दिन आश्वान पनि गरेका छन् । नेताहरुले अफुलाई पार्टीमा हुन्जेल जुन जिम्मेवारी दिएपनि समाल्न तयार रहेको बताए । आफू जुन पार्टीम रहेपनि आफ्नो जिल्लामा क। नारायणकाजी श्रेष्ठ चितवन जाँदा पनि आफ्नो राजनीतिक परामर्श भइरहने गरेको उनले बताए ।