Swornakshar Logo

३ नं. प्रदेशको नाम नेवाः ताम्सालिङ माग्दै हेटौँडामा नागरिक दवाव ¥याली

४ माघ । हेटौडा । नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरले प्रदेश नंबर ३ को राजधानि हेटौँडामा प्रदेश नंबर ३ को नाम नेवाः ताम्सालिङ माग गर्दै दवाव र्यालीको आयोजना गरेको छ ।
हेटौँडाको वन विज्ञान अध्ययन सस्थानबाट सुरु भएको र्याली बुद्धचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई प्रदेश नं. ३ का सांसदहरु प्रेमबहादुर पुलामी, ओम घलान तथा कुमारी मोक्तानले ऐकवद्धता जनाउँदै आफुहरु सधै नेवाः ताम्सालिङको पक्षमा बोलिरहने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल आदिवासी महासंघ पूर्व महासचिव आङकाजी शेर्पा, नेवाः ताम्सालिङ समन्वय समितिका संयोजक महेश ताम्राकार, लगायत विभिन्न जातीगत संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रममा नेपालका चर्चिथ आदिवासी जनजातीका नेताहरु कमानसिंह लामा, परशुराम तामाङ,को पनि सहभागिता रहेको छ ।
कार्यक्रम दबाब सभा कार्यक्रम का संयोजक योगेश्वर श्रेष्ठको सभाध्यक्षतमा भएको छ ।