Swornakshar Logo

राजधानीमा माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु

२३ पुस । काठमाडौं । काठमाडौंको सामाखुसी चोकमा आज दिउसो माईक्रोले ठक्कर दिदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ ।
सामाखुसी चोकको जेब्राक्रसीङमा बाटो काट्ने क्रममा चार जना महिलालाई बा १ ९७६६ नं .को माईक्रोले ठक्कर दिएको प्रत्यक्षदर्शिले बताए । उक्त माईक्रोको ठक्करबाठ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका थिए ।
घाईतेको काठमाडौंकै अल नेपाल अस्पतालमा उपचार भईरहेको छ । माइक्रोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताए ।