Swornakshar Logo

कंसकारलाई कालोमोसो दलेको आरोपमा एक पक्राउ

२२ पुस । काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को भाृत संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङ छन् ।
उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले चन्द्रागिरी–४, थानकोटबाट पक्राउ गरेको हो । गत शुक्रबार कंसाकारमाथि उनकै कार्यकक्षमा कालोमोसो दलिएको थियो ।
उक्त घटनामा तामाङ संलग्न देखिएकाले पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । प्रहरीले घटनामा संलग्न अन्यको समेत खोजी भइरहेको जनाएको छ ।