Swornakshar Logo

सांस्कृतिक बिचलननै समृद्धिको बाधक हो

संसारसेन पृथक

२१ पुस । काठमाडौं । हरेक बिकास उन्मुख रास्ट्रको स्वतन्त्र दृष्टिकोण नहुदा सम्म शान्ति विकास र समृदिको परिकल्पना गर्नु अत्यन्तै मुर्खता हुन्छ महात्मा गान्धी
बेलायती साम्राज्यको विरुद्धमा गान्धीले यतिमात्र भनेर सिङ्गो भारतलाई एकताबद्ध बनाए । उनले स्वतन्त्र भारत आन्दोलन सफल पार्नुभएको इतिहास नजिकै छ । दुर्भाग्य हाम्रोजस्तो स्वतन्त्र राष्ट्र जहाँ झन्डै डेढ सय बर्षदेखी राजनीति अस्थिरता र गरिबीको चरम पिडा खेपिरहेको छ राजनीति स्थिरता स्थाइ शान्ति र विकासकोलागी ठूलठूला संर्घष क्रान्ति र युद्धको भिमकाय छिचोल्दै यो अबस्थामा आएको छ। बर्तमानमा दक्षिण एशियाली मुलुकमा एउटा कम्युनिस्ट सरकार त्यो पनी दुर्इ तिहाइ बहुमत को छ । जस्ले दुई भिन्नदृष्टिकोण राख्ने वामपंथीहरुको एकता र चुनावी घोषणापत्रमा जनताको वास्तविक समस्यालाई उजागर गरेर एमाले र मओवादी केन्द्रलार्इ सत्तामा पठाएको दिन देखि राष्ट्र समृद्धि समाजवाद शान्तिको दिशामा अगाडि बढ्ने कोरा सपनाहरू बाडियो । ब्याप्त भ्रष्टाचार नियन्त्रण घुसखोर तस्कर लगाएतको समस्या हल गर्ने कुरा स्पष्टताकासाथ चुनावी प्रचारप्रसारको समयमा भनियो।
कम्युनिस्ट सिद्धान्त र वर्तमान सरकार
उत्पीडित वर्ग जाती समुदाय मजदुर किसान मध्यम किसान राष्ट्रिय उद्योग कलकारखाना र राष्ट्रिय स्रोत साधनको उपयोग नगरी मनोगत दलाल पुँजिको आयात र प्रयोगलाई प्राथमिकता दिने कम्युनिस्ट पार्टी हुनै सक्तैन । त्यसैको सिकार बर्तमन कथित नेकपाको सरकार भएको छ। बर्तमन सरकारले ल्याउने हरेक योजना अन्तर्राष्ट्रिय एनजीओको आन्तरिक दबाबमा आएको अब कसैबाट लुकेको छिपेको छैन । बर्तमानमा आर्थिक मन्दी, ब्याप्त भ्रष्टाचार, कालोबजारी यी सबै पश्चिम् साम्राज्यवादको गुरुयोजनामा संचालित तथा निर्मित संविधाननै प्रमुख दोषि देखिन्छ । दुई तिहाइको फुस्रो आडम्बरी र बेलाबखत अबिब्यक्त हुने कुस्ती बाजि बिभ्रमले नेकपाको सरकार ७५ प्रतिशत जनसमुदाय बाट तिरस्कृत हुन थालेको छ । बिकास समृद्धि र समाज कल्याणका हरेक समस्याको थोरै ब्याज मनमोहन अधिकारीको नौ महिने कार्यकालको भजनी डाइजिन थियोे त्यो पनी बर्तमान सरकारले आफ्नो ब्यापारी बजार बन्द गराएको छ।अबको कार्यदिशा सम्भाब्य दोन्दको समाधान र राजनीति स्थाइत्वको प्रखर चुनौती हो । बोलेर प्रतिबेदन पत्रमा लेखेर समृद्धि हुनेकुरा होइन स्थानीय स्तरदेखि केन्द्रिय स्तरमा भएको ब्यापारीकरण भ्रष्टाचार नाताबाद र परिबारबादी चिन्तन र सोचाइ बाट माथि उठ्न सक्ने हुनुपर्छ । अनिमात्र राष्ट्र समृद्धि र बिकासको बाटोमा हिंड्न् सक्ने सम्भावना रहन्छ । बर्तमन सरकारले कम्युनिस्ट सिद्धान्त माक्र्सवादी आर्थिक उत्पादन प्रणाली बैज्ञानिक समाज संचालनको परिपाटीको इतिहासमै बिश्वब्यापी बदनाम र धज्जी उडाउने काम भएको छ।
वास्तविक समृद्धिको सम्भावना र सरकार
हाम्रोजस्तो अर्ध सामन्ती तथा अर्ध उपनिवेश मुलुकमा स्वतन्त्र र बैज्ञानिक सरकार निर्माण हुन नसक्नु अत्यन्तै दुर्भाग्यपूर्ण समस्या हो २०४६ सालदेखि पछाडी फर्केर अध्यन गर्ने हो भने टुक्रे सामन्ती उत्पादन प्रणाली लाई बैज्ञानिक तथा आधुनिक उत्पादन प्रणालीअनुसार अगाडि नबढाउनुनै त्यो समयदेखि हाल सम्मका सरकार र सासकको परिणाममुखुण्डो स्पष्टताकासाथ देखिएको छ। प्रत्येक दिन हजारौंको संख्यामा देशको श्रमशक्ती बिदेश पलायन हुने समस्या यथावत छ देशमा लाखौं बिगाहा उर्वर जमिन बाजो छ । उत्पादन गरेका नेपाली उपभोग्य वस्तुले बजार भाउ पाउन सकेको छैन दुस्खद पक्षत के छ भने छिमेकी भारत बाट करोडौं को मुल्यमा दैनिक उपभोग्य बस्तुहरु भित्र्याउने भारतीय ब्यापारीबाट सरकारले कमिसन खाने अनि नेपाली किसान उद्योग ब्यापारीहरुको नेपालमा उत्पादित बस्तुभाउलाइ बजारमा म्याद सकिदासम्म थन्क्याएर इच्छाशक्तिमा निराशा पैदा गराउने काम सरकारले गरेको छ । यस्लाइ न्यूनीकरण र निरुत्साहित गरेर झन्डै ४५ लाख बिदेशियका युवायुवतिहरुलार्इ स्वदेशमा उत्पादन मुलुक रोजगारी दिनसक्ने हो भने नेपाल एउटा स्वाभिमान र समृद्ध राष्ट्रको नामले चिनिन सक्छ। यतिबेला हाम्रा राजनीति दलहरूले भन्ने गरेका सिङ्गापुर स्वीजरल्याण्ड उन्मुख समृद्धि नभएर ब्यबहारिक पक्षलाई केलाउने हो भने ताइबान बनाउनेतर्फ उन्मुख देखिन्छन् । उत्पादनका साधन उत्पदक शक्ति राष्ट्रिय पुजी र श्रमलाई आधुनिक तथा बैज्ञानिक नगरी समृद्धिको कल्पना गर्नु बालुवा पेलेर तेलको आश गर्नुमात्र हुनेछ। कुनैपनी राजनीति दलले आफ्नो राजनीति सिद्धान्त राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर आर्थिक उत्पादनको सिद्धान्त अनुसार आम श्रमजीवी मजदुर किसान र प्राकृतिक श्रोत साधन लाई केन्द्रमा नराखी अन्तर्राष्ट्रिय राजनीतिको प्रभाव र आफ्नो पेशेवर पार्टी कार्यकर्ता लाई ध्यानमा राखेर बनाइएको प्रतिबेदनले सान्ती समृद्धि होइन राजनीति अस्थिरता र थप बेरोजगारी उत्पादन बढेर आउँछ। जुनबाटोमा बर्तमन सरकारले आफ्नो चुनावी घोषणा पत्रको धज्जी उडाउने काम गरेको छ।
के हो धर्म निरपेक्षता र कस्तो हुन्छ सरकार ।
पहिलोकुरा निरपेक्षता शब्दको उत्पत्ति त्यसको प्रयोग कहाँबाट भएको हो भन्नेकुरा बुझ्न जरुरी हुन्छ । फ्रान्सेली राज्य क्रान्तिपछि यो सेकुरालिजम शब्दमा उत्पदन भएको पाइन्छ । यस्को शाब्दिक अर्थ राज्य र धर्म अलगअलग भन्नेमात्रै नभएर समाज र धर्मको समन्ध अलग भन्ने बुझाउछ । पश्चिमी मुलुकमा यस्लाइ सेकुरालिजम राज्य समाज र धर्मको रिलेजन अलगअलग भन्ने जबर्जस्त स्थापित गराइएको छ। इसाई सोसाइटी अनुसार भन्दा अगाडि पुरुषहरूको इसाइ कम्युनिटी र महिलाहरूको इसाइ कम्युनिटी भनेर पारिबारिक इलेजन र सामाजिक रिलेजनअनुसार चर्च निर्माण र प्राथाना गर्नेगराउने पाइन्छ पछि जर्मनीमा महिलापुरुष इसाइ कम्युनिटी भनेर सामाजिक तथा परिवारिक रिलेजनमा समेतलाई अनैतिकता तिर अथ्र्याउन कोरियाली फादरमोनको सिद्धान्त प्रतिस्पर्धा गराउन लागिएको छ । यो हेर्दा इसाई समुदाय तथा नैतिकवान आस्तिक तथा नास्तिक दुबै समुदायका लागि धर्म निरपेक्षता बेकुफ सिद्धान्त हो भन्ने देखिन्छ । खासगरी धर्म निरपेक्षता शब्दको परिमार्जन गरेर धर्म स्वतन्त्र राष्ट्र राख्दा सबै समुदायको मनोभावना समेटिएको हुन्छ । धर्म रिनपेक्षता सेकुरालिजमको प्रयोगले प्रोटेक इसाई, इस्लाम ,हिन्दु, बौद्ध किरात सबैको सामाजिक तथा परिवारिक रिलेजनमा नैतिकता बिहिन बनाउदै सभ्य सभ्यताको स्खलन गराउनेछ ।
खासगरी युरोपेली तथा अमेरिकी मुलुकहरूले धार्मिक साम्राज्य फैलाउन इसाई अतिक्रमण गर्न समन्धित राष्ट्रको सभ्यता नस्ट गर्ने सिद्धान्त अपनाउन लागेको देखिन्छ आफ्नो भु राजनीति स्वार्थ सिद्ध गर्न यो अबस्थामा नेपालमा पहिलोपटक हिन्दु तथा बौद्ध सभ्यताको निस्तेज गराउन खोजिरहेको देखिन्छन् । सोही अनुसार भर्खरै भएको एसिया प्यासिफिक पिस फेड्रेसनले नेपाल सरकारलाई नैतिक पतन मात्रै गराएको छैन । नेपाली सभ्यतामाथि ठाडो प्रहार गराएको छ कम्युनिस्ट सिद्धान्त तथा माक्र्सवादी चिन्तन माथि युरोपेली साम्राज्यवादको चलखेल बढ्दो देखिन्छ किनकी पश्चिम् राष्ट्रहरुलाइ कम्युनिस्ट सिद्धान्त च्युत गराउनु छ । बर्तमान केही चाटुकरहरुलाइ प्रयोगमा ल्याएर आफ्नो खेलोफडको गर्ने ठाउँ फराकिलो बनाउनेतर्फ थियो । जसको बैशाकी नेपाल सरकार बनेको देखिन्छ । बर्तमन सत्तासीन नेकपा र उसको सरकार वैचारिक तथा सांस्कृतिक रूपमा गम्भीर बिचलित देखिन्छ । जस्तो प्रतिफल नेपालमा दुईवटा गम्भीर अती देखिन्छन एउटा राजतन्त्रको पुनरावृत्ति अर्को धर्म सापेक्ष राष्ट्र हेर्दा सजिलो देखिएपनी सामाजिक रूपमा उत्पादित इमोसनल चिन्तनको ब्यबस्थापन गर्न बर्तमान सरकार राजनीति पार्टीहरु असफल देखिन्छन् बर्तमान सरकारको सांस्कृतिक बिचलनको कारण नेपाल राजनीति अस्थिरता मात्रनभइ समृद्धि बिकास शान्ति समाजवादको स्थायी बन्ध्याकरन भएको छ । राजनीति तथा सामाजिक अस्थिरता बढेर जानुको मुख्य कारण सरकारले सामाजिक तथा धार्मिक रूपमा युरोपेली सोसाइटीको तालुक बनेको प्रमाणित गरेको छ। धार्मिक स्वतन्त्र राष्ट्रमा समन्धित देशको प्रमुख जान पाउछ तर धर्म निरपेक्षता जस्तो मुलुकमा कुनैपनी धर्मको पार्टी प्यालेसमा जानुभनेको अर्को समुदाय तथा धर्मको उपेक्षा र समन्धित धर्मको चेला वा गुरु संरक्षक तथा प्रचारक भन्ने बुझाउछ।