Swornakshar Logo

नयाँ दमकल ल्याउदै हेटौंडा उपमहानगरपालिका

२० पुस । हेटौंडा । हेटौंडामा उपमहानगरपालिकाले नयाँ दमकल ल्याउने भएको छ । उपमहानगरपालिकासंग गतिलो दमकल नभएको कारण आगलागि हुँदा निकै समस्या हुनेगरेको छ । हेटौंडामा २८ बर्ष पुरानो दमकल त छ तर त्यसले राम्रोसंग काम गर्दैन, जसका कारण २ तल्ला वा सो भन्दामाथी आगो निभाउन बाहिरबाट दमकल मगाउनुपर्ने अवस्था छ ।

केहि समय अघिमात्रै हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगलागि भयो । दमकल नहुँदा सिनेमा हलमा करोडौंको क्षतिभयो । नगरवासीको चर्को आलोचना सुरु भएपछि अन्तत हेटौंडा उपमहानगरपालिकाले दमकल ल्याउने प्रक्रिया शुरु गरेको छ ।
उपमहानगरले दमकल खरिदको लागि दरभाउपत्रदाता कम्पनीलाई स्वीकृत गरेको समेत जनाएको छ । उपमहानगरपालिकाले दिएको जानकारी अनुसार ३ वटा कम्पनी जसमा टाटाको सिप्रदी ट्रेनिङले ७० लाख,आईचर कम्पनीले ६६ लाख, र म्याप कम्पनीले ५२ लाख रुपैंया दरभाउपत्र दर्ता गराएकोमा म्याप कम्पनीलाई दमकल खरिदको जिम्मा दिईने भएको हो । म्याप कम्पनीविरुद्ध ७ दिनभित्र कुनै उजुरी नपरेमा म्याप कम्पनीलेनै सो जिम्मा पाउनेछ र सम्झौता भएको मितिले २ महिनाभित्र दमकल ल्याईसक्नेछ ।