कंसकारमाथि कालोमोसो दलेको घटनाको जिम्मेवारी वैद्य माओवादीले लियो

२० पुस । काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कादो मोसो दलेको घटनाको जिम्मेवारी लिएको छ । सो पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले कंसकारमाथि आफ्नै पार्टीनिटक युवा संगठनले कालोमोसो दलेको स्वीकार गर्दै घटनाको जिम्मेवारी लिएका हुन् ।
‘वाइडबडी विमान खरिद प्रक्रियामा घोटाला र भ्रष्टाचारको कुरा आइरहेका बेला त्यसका विरुद्धमा आफ्नो पार्टी निकट युवा लिग नेपाल ३ नम्बर प्रदेशका युवाहरुले कंसकारलाई कालोमोसो दलेका उनले बताए ।
उनले दलाल तस्कर र भ्रष्टहरुको विरुद्धमा देशभर आन्दोलन र संषर्घको कार्यक्रमलाई बढाएकोले कंसकारमाथि कालोमोसो दलिएको दाबी गरे । आज शुक्रबार ४ बजे महाप्रबन्धक कंसकारको कार्यकक्षमै पुगेर कालोमोसो दलिएको थियो ।
क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो।
यसरी दलियो कंसाकारमाथि कालोमोसो
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठन र ३ नम्बर प्रदेशका गरी करिब ९ जना निगमको गेटमा सँगै पुगेका थिए ।
तर निगमममा कार्यरत सेक्युरिटी गार्डले दुई जनालाई मात्र भित्र प्रवेश गराए । उनीहरुले भएको कालोमासो पनि सँगै लगे । एकछिन कंसाकारलाई भेटेर कुराकानी गरे ।
कुराकानीकै क्रममा लगत्तै उनीहरुले कुर्सीमा बसेका कंसाकारमाथि गेटबाट छिराएको कालोमोसो दलेर सेक्युरिटी गार्डलाई छलेर बाहिर निस्किए । उनीहरुले एकछिन नाराबाजी समेत गरेका थिए ।
नारा लगाउँदै निस्केर उनीहरु विभिन्न स्थानबाट कोही सुन्धारा, कोही गौशालातिर भागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: