प्रधानमन्त्री केपी ओली राष्ट्रवादी नेता होइननःघिमिरे
१६ पुस । हेटौडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओली कहिल्यै पनि राष्ट्रवादी नेता नभएको बताए ।
उनले भने ‘प्रधानमन्त्री ओलीको राष्ट्रियता हावामा उडेको बेलुन हो ।’
४३ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको ¥याली तथा कोणसभामा बोल्दै नेता घिमिरेले प्रधानमन्त्री ओली कहिल्यैपनि राष्ट्रवादी नेता नभएको र उनको राष्ट्रवाद हावामा उडेको बेलुन भएको जिकीर गरे ।
सरकारले देशमा स्थितरता तथा शान्ति सुरक्षा कायम गर्न नसकेको घिकिरेले बताए । निर्मला पन्तको बलात्कारीलाई अहिलसम्म पक्राउ नगर्नाले पनि सरकारको मानसिकता जनतामाझ प्रष्ट भएको बताए ।
नेपाली कांग्रेस मकवानपुरको कार्यालयबाट सुरु भएको ¥याली हेटौँडाको बुद्धचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सयौ कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: