Swornakshar Logo

नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी, आजदेखि समायोजन प्रक्रिया शुरु

११ पुस । काठमाडौं । कर्मचारी समायोजनका लागि बुधबारदेखि अनलाइन सफ्टवेयर सुरु गरिने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर सुरु गर्न लागिएको जानकारी दिए ।

संसद्को राज्यव्यवस्था समितिमा बोल्दै मन्त्री पण्डितले कर्मचारी ट्रेड युनियनसँग छलफल गरेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको पनि दाबी गरे । उनले भने, ‘रास्ट्रपतिबाट प्रमाणीकरण नभइ अध्यादेश सार्वजनिक गर्ने भन्ने कुरा हुँदैन । मुलभूत कुरामा छलफल भएको हो । रास्ट्रसेवक कर्मचारीको वृत्तिविकासको ढोका बन्द भएको छैन ।’

उनले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ समायोजन गरिने बताए । ३ तहमा नयाँ संरचनाअनुसार कुल १ लाख ३८ हजार १७८ कर्मचारी समायोजन गरिने उनको भनाई छ ।

छलफलको क्रममा केही सांसदहरुले भने कर्मचारी समायोजन प्रक्रिया अव्यवहारिक भएको भन्दै अध्यादेश फिर्ता र्लिर संसदबाट ऐन पारित गरेर जान सुझाएका छन् ।