Swornakshar Logo

हेटौंडा उपमहानगरपालिकाका कर्मचारीको आन्दोलन स्थगित, आजदेखि सेवा सुचारु

हेटौंडा ११ पौष । नेपाल नगरपालिका महासंघले ७ दिनकोलागि आन्दोलन स्थगित गर्न आग्रह गरेपछि अहिले हेटौंडा उपमहानगरपालिकाको सेवा पुन स् सुचारु भएको छ ।

कर्मचारी समायोजन अध्यादेश २०७५ माथि असहमती जनाउदै आन्दोलनमा उत्रिएका हेटौंडा उपमहानगरपालिकाका कर्मचारीहरुले आजदेखि आन्दोलन स्थगित गर्दै सेवा सुचारु गरेका हुन् ।

स्थानिय तहमा मात्रै आन्दोलन स्थगित भएको हो । केन्द्रिय स्तरमा भने आन्दोलन जारी नै रहेको छ । गत सोमबारदेखि सेवा ठप्प गराएका उनीहरुले अबको ७ दिन भित्रमा माग पुरा नगरे फेरी पनि आन्दोलनमा उत्रिने जानकारी दिएका छन् । ।