श्रेया सुनारको हत्यारा पौडेललाई आजीवन कैदको फैसला
४ पुस । काठमाडौं । जिल्ला अदालत कास्कीले बलात्कारपछि हत्या गरिएकी १० वर्षीया बालिका श्रेया सुनारको हत्यारालाई आजीवन कैदको फैसला सुनाएको छ । न्यायधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार उक्त फैसला सुनाएको हो ।
स्याङ्जा घर भई पोखरा–२२ कोदीमा बस्दै आएका २७ वर्षीय कुसुम पौडेललाई अदालतले आजीवन कैदमा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी ओम रानाले रातोपाटीलाई जानकारी दिए ।
गत असोज ८ गते पसल जाँदै गरेकी १० वर्षीया श्रेया सुनारलाई रक्सीको नशामा रहेका छिमेकी पौडेलले चकलेट किन्न पैसा दिने लोभमा बलात्कारको हर्कत गरेका थिए ।
श्रेयाले प्रतिकार गर्न खोज्दा झाडीमा धकेलेर ढुङ्गा प्रहार गरी हत्या गरेको कुसुमले प्रहरी सामु बयान दिएका थिए । असोज १० गते हत्या आरोपमा कुसुम पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्: