Swornakshar Logo

कर्मचारीले जनताको अपेक्षाअनुसार काम गरेनः अध्यक्ष प्रचण्ड

२३ मंसिर । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको समृद्धिका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बेला आएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले मुलुकको समृद्धिका लागि अभियान सञ्चालन नगर्ने हो भने ठूलो संघर्षबाट प्राप्त उपलब्धिलाई जनताले बोझको रुपमा लिनुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराए ।

आईतबार जनगायक खुशीराम पाख्रिनको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अपेक्षाअनुसार काम गर्न विद्यमान प्रशासन संयन्त्रले नसक्ने उल्लेख गर्दै त्यसमा सुधार गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

अध्यक्ष प्रचण्डले फरक प्रसंगमा आगामी शनिबार बस्ने स्थायी समिति बैठकले पार्टीको जिल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई टुंगोमा पुर्याउने विश्वास पनि व्यक्त गरे ।