Swornakshar Logo

३ नं. प्रदेशको राजधानी हेटौँडा हुने ,नाम वागमति

२६ कार्तिक ।
हेटौँडा । प्रदेश नंबर ३ को स्थायी राजधानीको हेटौँडालाई बनाउनको लागि नेकपा सांसदहरुले अन्तिम तयारी सुरु गरेका छन् । छठ पछि बस्ने प्रदेशसभा बैठकमा नेकपाको तर्फबाट सर्वसम्वत मकवानपुरको हेटौँडालाई राजधानीको लागि प्रस्ताव गर्ने तयारी सुरु भैसकेको नेकपा एक नेताले बताए ।
ती नेताका अनुसार राजधानीको विषयमा टुंगो लगाउन मुख्यमन्त्री डोरमणी पौडेल काठमाडौं गएका थिए । नेकपाका दुबै जना अध्यक्षसंग छलफल गरेर राजनधानीका बारेमा कुरा मिलेको बताइन्छ । नामको विषयमा वागमतीमा अधिकांश सांसदहरुकोसहमत रहने बताइन्छ ।

स्थायी राजधानी कायम गर्न नसक्दा प्रदेश सरकारले काम गर्न असहज महशुस गर्दै आएको थियो । राधानीका विषयमा टुगो नलाग्दा अधिकांश सांसदहरु हेटौँडामा बस्न सकिरहेका थिएनन । राजधानीको विषयलाई नेकपाले सहमति गरेपछि मात्र प्रदेश सभाको बैठक आवहान गर्ने मनासय सहित अहिले प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ नेकपा नेताहरुसँग परामर्श गरीरहेका छन् ।

नेकपाले सर्वसम्वत विवादरहित ढंगबाट हेटौँडालाई राजधानी तथा नामकरणमा वागमती गर्ने अन्तिम तयारी गरिसकेको नेताहरु बताउछन् । यता प्रदेश अध्यक्ष सहितका अधिकांश नेताहरुपनि राजधानीलाई केन्द्रीय राजधानीबाट पर राख्दा राम्रो हुने र त्यसको उत्तम विकल्प हेटौँडा हुने राय ब्यक्त गरेपछि नेकपाका अध्यक्षद्धय समेत हेटौँडालाईनै राजधानी बनाउन सहमत भएको बताइन्छ ।

राजधानीको विषयमा नेकपा भित्र केहि असन्तोष होला तर अब सहमतिमानै नेकपाकै प्रस्तावमा हेटौँडानै प्रदेशको राजधानी हुने बताईएको छ । नामको विषयमा खासै समस्या नभएको र त्यो वागमतीनै हुने समेत दाबी गरिएको छ ।