Swornakshar Logo

राष्ट्रपतिले लगाइ दिइन् भाइटीका

२३ कार्तिक । काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाएर दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाइन ।
त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् ।
भाइटीकाको तस्वीर र भिडियो खिच्न गएका पत्रकारहरुलाई भने राष्ट्रपति निवासमा प्रवेश निषेध गरिएको थियो । समाचार संकलनका लागि गएका पत्रकारहरुलाई शितलनिवासको गेट बाहिरैबाट फर्काइएको थियो ।

दशैंमा राष्ट्रपति भण्डारीले लगाइदिएको टीकाको फोटो र भिडियो सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । त्यही भएर तिहारमा पत्रकारहरुलाई फोटो र भिडियो खिच्न नदिइएको अनुमान छ ।