Swornakshar Logo

दुर्घटनामा डिआइजीसहित ३ जनाको मृत्यु

१० कार्तिक ।
काभ्रे । काभ्रेमा गाडी दुर्घटना हुँदा डिआइजीसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारीको निधन भएको काभ्रे प्रहरीले जनाएको छ । उनले धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको बताए ।

बा३प २८७ नम्बरको नीजि गाडीमा ६ जना सवार थिए । जसमध्ये मृत्यु हुनेमा डिआइजीसहित मन्डन देउपुर नगरपालिका–४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेका छन् । गाडीमा सवार तीन जनाको सोही अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।