Swornakshar Logo

सैनिक भर्नामा व्यापक अनियमितता, १८० जना विरुद्ध ‘कोर्ट मार्सल’

१० कात्तिक । काठमाडौं । नेपाली सैनिक भर्नामा व्यापक भ्रष्टाचार भएको खुल्न आएको छ ।
सकेन्ड लेफ्टिनेन्टदेखि सिपाहीसम्मको छनोट प्रक्रियामा अनियमितता भएको पाइएपछि सैनिक अदालतले १८० जनामाथि ‘कोर्ट मार्सल’ सुरु गरेको छ ।

२०७४ सालको प्राविधिक तथा इन्फेन्ट्री सेवादेखि सेकेन्ड लेफ्टिनेन्टसम्म छनोटमा आर्थिक अनियमितता भएको आन्तरिक छानबिनका क्रममा पुष्टि भएको थियो ।

ठूलो रकम लिएर लिखित, मौखिक तथा शारीरिक तन्दरुस्ती परीक्षा उत्तीर्ण गराएको निष्कर्ष जंगीअड्डाको छ ।

आन्तरिक छानबिनमा अनियमितता पुष्टि भएपछि सैनिक अदालतले ती १८० जनालाई निलम्बन गरी नियन्त्रणमा लिएर छानबिन थालेको सैनिक प्रवक्ता गोकुल भण्डारीले बताएका छन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।