Swornakshar Logo

पार्टीको कामले जनताको मन खिन्नः योगेश

२४ असोज ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भटराईले पार्टीका कामले जनताको मन खिन्न भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले भने, दुइ कम्युनिस्ट पार्टी मिलेर बनेको नेकपाको पछिल्लो गतिविधिले आफु उदास भएको बताए ।

नेपालका राजनीतिक पाटी जिम्मेवार हुुनु पर्छ यदि जिम्मेवार भएन भने आउँदो निर्वाचनमा जनताले फैसला गर्ने उनले बताए ।

जनताले दिएको मतको कदर गर्दै जनताको आसा एवम भरोसा गुमाउनु हुँदैन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असफल भए जनताको भविष्य जोखिममा पर्ने नेता भटराइले बताए ।