Swornakshar Logo

सत्तारुढ नेकपाको सचिवालय बैठक २७ गतेका लागि सारियो

२४ असोज ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उनका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ ।

सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो ।

सो पार्टीमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले एकलौटीरुपमा पाटी चलाएको भन्दै माधव नेपाल र नारायणकाजी श्रेष्ठ निकट नेताहरु रुष्ट रहेको बताइएको छ ।