Swornakshar Logo

वामदेवका लागि रामवीरको राजीनामा घोषणा

२३ असोज ।
काठमाडौं । नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् ।
मानन्धरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जीनामा दिएका हुन् । राजीनामा घोषण सँगै नेता वामदेव गौतमको लागि काठमाडौं क्षेत्र नं.७बाट उपचुनावमा लड्ने बाटो खुलेको छ ।

मानन्धरले भने ‘पार्टीले चाहेको बेला निकाल्न सक्छ मलार्इ , चाहेको बेला ल्याउन सक्छ । देश विकास र समृद्धिका लागि मेलै राजीनामा दिएको हुँ । मेरो राजिनामा जनताको पक्षमा छ ।’

हारेको मान्छेलाई किन फेरि सांसद बनाउनु पर्यो भन्ने प्रश्नमा मानन्धरले भने, ‘यो जनताको जित हो धोका हैन, नेतृत्वको निर्णय हो, जनताभन्दा पार्टी ठूलो हो, मेरो प्रस्ताव हो, वामदेव, प्रचण्डसँग छलफल गरेर निर्णय लिएको हुँ।’

पार्टीको डिल भएको तर्क गर्दै उनले पार्टी चाहेमा निकाल्न सक्ने र चाहेमा राख्न सक्ने बताएका छन्। वामदेवले विकास गर्ने दावी गर्दै उनले जित्ने आधार पनि रहेको बताएका छन्। ‘वामदेवले संगठन बलियो बनाउनु हुन्छ, उहाँले नराम्रो काम गरेको थाहा छैन, अलिकति पनि दुख लागेको छैन,’ उनले भने।