Swornakshar Logo

प्रदेश ३ को राजधानी कहाँ रहलाः आज प्रस्ताव पेश हुँदै

२२ असोज ।
हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार प्रदेशको राजधानी बारेको प्रस्ताव पेश हुने भएको छ ।

प्रदेशसभा बैठकको विशेष समयमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिंदै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले यसबारे जानकारी दिएका हुन् ।

कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल अनुसार राजधानीको विषय औपचारिक रुपमा प्रदेशसभा बैठकमा सोमबार प्रवेश गर्ने बताएका हुन् । उनले प्रदेशसभा बैठकले गठन गरेको राजधानी अध्ययन विशेष समितिको प्रतिवेदनसहितको प्रस्ताव प्रदेशसभामा प्रस्तुत हुने र राजधानीको निर्णय गर्ने अधिकार प्रदेशसभामा रहेको बताए ।

राजधानी कहाँ रहने भन्ने निर्णयको अधिकार सभालाई रहने भएकोले यसबारे प्रस्ताव पेश गर्न लागिएको हो । आजको सँसदमा राजधानीको सम्बन्धमा प्रस्ताव पेश हुँदैछ ।