Swornakshar Logo

बिना निष्कर्ष टुंगियो नेकपाको सचिवालय बैठक

२२ असोज ।
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बिहान बसेको बैठक यहि २४ गते बुधबार बिहान ८ बजे बस्ने गरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आज सोमबार बिहान बसेको बैठकले पार्टीमा देखिएका असन्तुष्टि, स्थायी समितिको बैठक बोलाउने लगायतका सम्बन्धमा निर्णय लिइने अपेक्षा गरिएपनि त्यसबारे कुनै छलफल नै नभई बैठक बुधबार सम्मकोलागि सारिएको छ ।
श्रेष्ठले भने‘आजको बैठकले एजेण्डा तय गरेको छ । प्रदेश समितिको पूर्णता,जिल्ला समितिको गठन, जनवर्गीय संगठनको एकता ,पार्टी र सरकार संचालनकोे बारेमा छलफल गर्ने क भनिएको छ ।’

आजको बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि, सरकारको समीक्षा, प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी र स्थायी समिति बैठकको मिति तय गर्ने भनिएपनि त्यो विषयमा छलफल हुन सकेन । आजको बैठकमा सबै सदस्यहरुले रिपोर्टिङ गरेका थिए ।

झण्डै तीन घण्टा चलेको बैठकमाद्धय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विदेश भ्रमणका विषयमा जानकारी गराएका थिए ।

त्यस्तै यसअघि बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारी चयनको विषयलाई लिएर ओली र प्रचण्डले जानकारी गराएको एक सचिवालय सदस्यले बताए ।
असोज ५ गतेको निर्णयलाई लिएर असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठले आफ्ना असन्तुष्टि बैठकमा राखेको एक सचिवालय सदस्यले बताए ।