नेकपा संसदीय दलको बैठकः स्थायी राजधानीको विषयमा छलफल
२१ असोज ।
हेटौंडा । ३ नम्बर प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज विहान बसेको छ ।
मुख्यमन्त्री निवासमा भएको बैठकमा स्थायी राजधानीको विषयमा छलफल भएको हो । बैठकमा एजेण्डाहरुको विषयमा जानकारी दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले अब संसदमा पनि स्थायी राजधानीको विषयले प्राथमिकता पाउने बताएका छन् ।
बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले स्थायी राजधानीको विषय अहिले सबैको चासोको विषय भएको भन्दै यो विषयले प्राथमिकता पाउनुपर्ने धारणा ब्यक्त गरेका छन् । सबै सांसदहरु तथा ३ नम्बर प्रदेशका आम नागरिक स्थायी राजधानीको विषय चाँडो टुंगोमा पुगोस् भन्नेमा रहेकोले छिट्टै यस विषयले सांसदमा प्रवेश पाउने मुख्यमन्त्री पौडेलले बताए ।
नेकपा संसदीय दलको बैठकका नेकपा ३ नम्बर प्रदेश संसदीय दलको प्रस्तावित विधान, संसदीय समितिका सभापतिहरुको प्रतिवेदन, प्रदेश मन्त्रीहरुद्वारा मन्त्रालयको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
बैठकमा सत्तारुढ नेकपा प्रदेशका सांसदहरुले बिधान, प्रतिबेदनहरुसँगै पार्टीको लेबी र स्थायी राजधानीका विषयमा समेत धारणा प्रस्तुत गरेका थिए ।
भोली९सोमबार० बस्ने प्रदेश सभा बैठकमा राजधानीबारे छलफल हुने अनुमान गरिएको छ । नेपालको संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्: