Swornakshar Logo

रौतहटको गौरबाट डा सिके राउत पक्राउ

२१ असोज ।

काठमाडौं । तराई मधेसमा राष्ट्रियता विरोधी गतिविधि सञ्चालन गर्दै आएका स्वतन्त्र मधेस गठबन्धनका अभियन्ता डा. सीके राउत रौतहटको गौरबाट पक्राउ परेका छन् ।

उनका साथमा अरु २ जना कार्यकर्ता पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले बताए ।

ढकालले राउतलाई राज्य विप्लवविरुद्धको कसुरमा आइतबार साढे ४ बजे गौरबाट पक्राउ गरिएको जानकारी दिँदै अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए ।

जिल्ला अदालत रौतहटमा तारेख बुझाउन जाने क्रममा उनी पक्राउ परेको बताइएको छ ।