Swornakshar Logo

दुई चार दिन पर्खिनुस्, व्यवहारबाटै एकताको जवाफ दिन्छौंः प्रधानमन्त्री ओली

१८ असोज ।

हटौडा । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको ७३ औँ बैठकमा सहभागि भएर विहीबार स्वदेश फर्किएका छन् ।विमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने,नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताएका छन् । नेता नेपालसँग २९ सालदेखि मित्रता–घनिष्ठता रहेको भन्दै उनले ढुक्क हुन आग्रह गरे ।

जवाफमा ओलीले नेता नेपालले संसदमा केके भन्नुभयो आफूलाई पूर्ण जानकारी नभएको बताए । उनले भने, ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।’प्रधानमन्त्री ओलीले एउटा हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछाडि लाग्नु दृष्टिकोण नभएको राजनीति हुने बताए । ‘त्यस्ता राजनीतिको पछाडि कतिपय पक्ष कुदे भने मुद्दाहीनताको कुरामात्र देखिन्छ ‘ उनले भने ।

हिजो चुनावी तालमेल गर्ने सहमति गर्दा हुँदैन भनेको, पार्टी एकता गर्दा टिक्दैन भनेको स्मरण गर्दै ओलीले भएपछि तल्ला तहहरुसँग एकता भएन भनेर प्रश्न उठेको बताए । उनले भने, ‘२र४ दिन पर्खिनुस्, व्यवहारबाटै एकताको जवाफ दिन्छौं ।’सरकारले नराम्रो काम एउटा पनि गरेको र राम्रो गर्ने कोसिस गरेको प्रधानमन्त्री ओली बताए । आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउने उनले बताए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरेको भन्दै उनले भने, ‘भारतसँगको सम्बन्ध बेग्लै उचाइमा अगाडि बढाइएको छ । चीनसँग त्यसैगरी अगाडि बढाएको छ ।’