Swornakshar Logo

प्रहरी प्रमुखलाई बर्खास्त गर्न गृहमन्त्रीलाई दुई अखिलले बुझाए ज्ञापन पत्र

१८ असोज ।
काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सरकारले परिणाममा देखिने गरी काम गर्नुपर्ने माग गर्दै गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

बिहीबार गृहमन्त्रीलाई भेटि विद्यार्थि नेताहरुले स्पष्ट दुइ तिहाई सहित बनेको वाम सरकारले आम जनताका अपेक्षाहरुलाई क्रमश सम्वोधन गर्दै आफ्नो युगिन दायित्व पुरा गर्नुपर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जीत तामाङद्घारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा जनताको जीउ धनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाई अक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् । निर्मला पन्तको बलात्कार पछीको हत्या प्रकरणका मुल कारक भनिएका बम दिदिबहीनी र एसपी लगायत प्रमाण नष्ट गर्नेमाथि अनुसन्धान केन्द्रित गरिनु पर्ने र छानविन समितीको प्रतिवेदन तुरन्तै सार्वजनिक गर्नुपर्ने, बलात्कार जस्तो जघन्य अपराधमा संलग्नहरुमाथि कार्वाहीको माग गरेका छन् ।
यातायातका साधनहरुले हालै बढाएको भाडा फिर्ता गर्नुपर्ने लगाएतका मागहरु समेटिएका छन् ।
अनेरास्ववियुका सचिव आरती लामाले भनिन ‘सरकारले चाडवाडको बेला बजारको अनुगमनमा कडाई गर्नुका साथै जनता लक्षित राहतका कार्यक्रमहरु सुरु गर्नुपर्ने र यातायातमा बढाएको भाडा दर फिर्ता गर्नु पर्न ेमाग गृहमन्त्री समक्ष नेताहरुले राखेका थिए ।’