घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा
काठमाडौं । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा कोलम्बियाले घानालाई १–० ले हराउदै अन्तिम १६ मा स्थान बनाएको छ।
कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । जोनले खेलको १४औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गरेका थिए । योसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।
अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ ।
सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रोपटक नकआउट चरणमा जित निकालेको छ । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो ।
कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकका साथ समूह ‘के’ को विजेता बन्दै राउन्ड अफ ३२ मा प्रवेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्: