काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, ८ जनाको मृत्यु
काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
डीएसपी बिष्टका अनुसार मृत्यु हुनेमा ४ पुरुष र ४ महिला रहेका छन् । उनीहरू कसैको पनि पहिचान हुन सकेको छैन ।
दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।


प्रतिक्रिया दिनुहोस्: