Bagmati Samachar Logo

गृहमन्त्रालयद्वारा १८ सहसचिवको सरुवा तथा पदस्थापन, १५ जिल्लामा नयाँ सीडीओ (सूचीसहित)

काठमाडौं । गृहमन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी(सहसचिव)को सरुवा र पदस्थापन गरेको छ ।

गृहमन्त्रालयले जारी गरेको सरुवा तथा पदस्थापन सूचीअनुसार प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशनका पदस्थापन गरिएको छ ।

यस्तै यसअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका राजुराज कडरियालाई गृहमन्त्रालयमा सरुवा गर्दा अन्य १५ जना सहसचिवलाई विभिन्न जिल्लाको सीडीओमा सरुवा तथा पदस्थापन गरिएको छ ।

को सहसचिव कहाँ पुगे ?