रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज विहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
अस्थायी नम्बर प्लेट ःज्ज्ञद्धत्ऋव् द्धठज्ञ भएको बोलेरो सडकबाट करिब ५००–६०० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा हाल नाम, थर र वतन नखुलेका २ पुरुष र १ महिलाको शव फेला परेको छ ।
जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धान कार्य गरिरहेको छ ।
गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठले जानकारी दिए । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटेकोपनि श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्: