Bagmati Samachar Logo

भारतीय विदेश मन्त्री र रास्वपा सभापतिबिच भेटवार्ता

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ।

पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने र भारतीय विदेशमन्त्रीबिच मङ्गलवार भेटवार्ता भएको हो ।

भेटवार्ताबारे विदेश मन्त्री जय शंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘हाम्रा छलफलहरू नेपाल–भारतको विकास साझेदारी र जनता–जनता सम्बन्धमा केन्द्रित थिए। विकास र समृद्धिलाई प्रवर्द्धन गर्न यिनीहरूको महत्त्वपूर्ण भूमिका छ।