Bagmati Samachar Logo

जेनजी आन्दोलन जाँचबुझ आयोगका संयोजक कार्कीलाई मानव अधिकार आयोगले राख्यो अनुसन्धानको दायरामा

काठमाडौं । जेनजी आन्दोलनमा भएका घटनाहरुको छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धानको दायरामा राखेको छ ।

आयोगको अध्ययन प्रतिवेदनमा पूर्वन्यायाधीशसमेत रहेका गौरीबहादुर कार्कीमाथि समेत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको हो ।

कार्कीले जेनजी आन्दोलनका दौरान उत्तेजक र अतिरञ्जनापूर्ण स्टाटसहरू लेखेका थिए । उनलाई नै सरकारले छानविनको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको थियो । मानवअधिकार आयोगले आन्दोलनका क्रममा हिंसा भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै उनीसहितलाई अनुसन्धानको दायरामा राखेको हो ।

आयोगले राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदन र निजहरूको सामाजिक सञ्जालका गतिविधिको अध्ययन गर्दै भनेको छ, ‘उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टिका टिप्पणी भएको देखिन्छ ।

भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षतिमा निजहरूको संलग्नता रहे(नरहेको र सार्वजनिक शान्ति भंग गर्न दुरुत्साहन भए(नभएको बारे थप अनुसन्धान हुन आवश्यक छ ।’