ताजा अपडेट
राजनीति

उज्यालो नेपाल पार्टीले आज प्रज्ञा–भवनमा घोषणासभा गर्ने

उज्यालो नेपाल पार्टीले आज प्रज्ञा–भवनमा घोषणासभा गर्ने
Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT

काठमाडौं । कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टीको आज घोषणा सभा हुँदै छ । दिउँसो १ बजे कमलादीको प्रज्ञा–प्रतिष्ठानमा घोषणासभा हुदै छ ।

उज्यालो नेपाल पार्टीको संयोजक भने पूर्वसचिव अनुप उपाध्याय रहेका छन् । मन्त्री बहाल भएका कारण घिसिङ भने पार्टीको नेतृत्वमा छैनन् । उपाध्यायको नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टीलाई काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले पनि समर्थन गर्ने बताइएको छ । केही दिन कुलमान घिसिङले बालेनसँगको तस्वीर साझा गर्दै देश बनाउन सँगै अघि बढ्ने उल्लेख गरेका थिए ।

यद्यपि, निर्वाचन आयोगमा भने बालेन र उनको टिमका सदस्य केन्द्रीय कमिटीमा छैनन् । उज्यालो नेपाल पार्टीले आयोगमा पठाएको ५१ जनाको सूचीमा पहिचानको राजनीति गर्दै आएका महेन्द्र लावतीदेखि पर्यटन व्यवसायी लाक्पाफुटी शेर्पा, कलाकार रीमा विश्वकर्मा पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…