काठमाडौं। नेकपा एमालेको महाधिवेशनका लागि मोरङमा प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा कुटाकुट भएको छ।
पार्टी कार्यालय विराटनगर मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि चयनमा विवाद हुँदा हात कुटाकुट भएको हो । मोरङमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पक्षबीच कुटाकुट भएको छ । मोरङमा पोखरेल पक्ष बलियो छ । पोखरेल पक्षले ओली पक्षमा परशुराम बस्नेतलाई कुटेको छ ।
एघारौ महाधिवेशनको लागि सर्व सम्मत प्रतिनिधि छनोट हुन नसकेपछि आज भइरहेको निर्वाचनमा डबल मत हालेको भन्दै विवाद भएको हो । विवाद पछि केहिबेर मतदान स्थगित समेत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…