काठमाडौं । सर्वोच्च अदालतले मधेशका पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
लगातार १०वटा प्रदेशसभा बैठकमा उपस्थित नभएको भन्दै सभामुख रामचन्द्र मण्डलले विभिन्न दलका पाँच सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गरेका थिए ।
त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल पदमुक्त नगर्न अल्पकालीन अन्तिम आदेश जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…