Bagmati Samachar Logo

नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

काठमाडौं । गत २४ भदौमा नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका ठगीका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। भक्तपुरको शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पनि भागेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्तासहितको टोलीले जेनजी आन्दोलनका क्रममा रवि लामिछानेलाई जेलबाट निकालेपछि अरु ७ सयकैदीबन्दी पनि फरार भएका थिए।

लामिछाने पुनः जेल फर्किए पनि शर्मा भने फरार थिए। उनलाई सीआईबीले बुधबार ललितपुरको सानेपाबाट पक्राउ गरेर नख्खु कारागारमा बुझाएको सीआईबीले जानकारी दिएको छ ।

बाँकेको खजुरा गाउँपालिका ६ घर भएका शर्मामाथि सहकारीको १४ अर्ब हिनामिना गरेको आरोप छ। सोही आरोपमा उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए। य