अखिल (क्रान्तिकारी) ले सीटीभीइटीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) मा ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीले लाखौँ विद्यार्थीहरूको भविष्य बर्बाद हुने खालका गतिविधिहरू सीटीइभीटी गरेको भन्दै ज्ञापन पत्र बुझाएको हो ।
९ भदौमा क्रान्तिकारीले भक्तपुर सानोठिमीस्थित सीटीइभीटीको कार्यालयमा ज्ञापन पत्र बुझाएको क्रान्तिकारीका महासचिव रोशन थापामगरले बताए ।
सीटीइभीटीले प्राविधिक शिक्षालाई श्रमिक, किसान र गरीब जनताको छोराछोरीहरुलाई सहज पहुँचमा पुऱ्याउनु पर्ने प्रमुख दायित्व वहन गर्नुपर्नेमा पछिल्लो समय परिषद् स्वयम् र मातहतका संस्थानहरू व्यापारीकरण र मुनाफाखोरीको दलदलमा फसेका ज्ञापन पत्रमा उल्लेख गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘ लाखौं विद्यार्थीहरूको भविष्य बर्बाद हुने खालका गतिविधिहरू दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। भविष्यका कर्णधारहरूलाई दमन र शोषणको नाङ्गो जालोमा बाँध्ने कार्यप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। सीटीइभीटीद्धारा सञ्चालित सम्पूर्ण शैक्षिक संस्थामा अध्ययनरत तथा भविष्यमा अध्ययन गर्न चाहने लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्यलाई मध्यनजर राख्दै हाम्रो संगठन माग गर्दछ। अन्यथा, उक्त मागहरूको एक हप्ताभित्र सुनुवाइ नभएमा बाध्यतावश विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा बाध्य हुनेछौं र त्यसबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी परिषद् स्वयम् आफै रहनेछ भन्ने कुरा पनि जानकारी गराउदछौं।’




प्रतिक्रिया दिनुहोस्: