श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ
एजेन्सी
काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ परेका छन् । सरकारी सम्पत्तिको दुरुपयोगको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी सन् २०२३ मा राष्ट्रपति भएकै समयमा पत्नी प्राध्यापक मैत्री विक्रमासिंघेको दीक्षान्त समारोहमा सहभागी हुन लन्डन गएका थिए, जसका लागि उनले सरकारी पैसाको प्रयोग गरेका थिए भने सुरक्षा गार्डलाई समेत सरकारी ढुकुटीबाट तलब र सुविधा उपलब्ध गराएका थिए ।
विक्रमासिंघे वित्तीय अपराध जाँच विभागमा बयानका लागि गएका थिए, जहाँ ४ घन्टा बयान लिएपछि उनलाई पक्राउ गरिएको हो ।
उनी श्रीलंकाको इतिहासमा पक्राउ पर्ने पहिलो पूर्वराष्ट्रपति बनेका छन् । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफ्नी पत्नीको खर्चमा लन्डन गएको र सरकारी सम्पत्तिको दुरुपयोग नगरेको दाबी गरेका छन् ।
विक्रमासिंघे पटकपटक गरी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् । यसक्रममा उनी २३ पटक विदेश भ्रमणमा जाँदा सरकारी ढुकुटीबाट २० लाख डलर खर्च गरेको बताइएको छ । उनले २०२३ मा क्युबाको भ्रमण गरेका थिए । त्यहाँबाट फर्किने क्रममा उनी लन्डनमा गए र जी–७७ शिखर सम्मेलनमा समेत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: