ताजा अपडेट
राजनीति

एमाले निकट अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय

एमाले निकट अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय

काठमाडौं । नेकपा एमालेले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको आइतवारको बैठकबाट उक्त निर्णय गरेको हो । महासचिव शंकर पोखरेलले उमेर हद लगाउने प्रस्ताव बैठकमा राखेका हुन् ।

औपचारिक निर्णय नभए पनि नेतृत्वको मनसाय बमोजिम पार्टीको सर्कुलरमा उमेर हदको विषय निर्णयका रुपमा आउने चर्चा चलेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको उमेर हद २८ वर्ष भएकाले विद्यार्थी नेताको उमेर हद ३२ लगाउनुपर्ने राय बैठकमा आएको थियो । युवा संघमा ४० वर्ष उमेर हद भएकाले विद्यार्थीमा उमेरको छुट दिन नमिल्ने नेतृत्वको भनाइ छ ।

यो निर्णय भयो भने अर्को साताबाट शुरु हुने अनेरास्वविुयुको महाधिवेशनबाट वर्तमान उपाध्यक्षहरु मर्यादा विष्ट, गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, महासचिव नरेश रोकाय, सवि सन्जिव धिताल, कोषाध्यक्ष संगम अर्याललगायत ठूलो पंक्ति संगठनबाट बिदा हुनेछ ।

त्यसपछि अहिलेका पदाधिकारीमध्ये सचिवहरु डा. सुजन कडरिया, प्रकाश पौडेल, दीपक धामी, अन्जना शिवाकोटी र आरती भट्टराईबीच नेतृत्वको लागि प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…