पोखरामा भएको भ्रष्टाचारको रकमले भैरहवा विमानस्थल बन्थ्यो : राजेन्द्र लिङदेन

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत वृद्धिबारे सार्वजनिक लेखा समितिको प्रतिवेदनमाथि भइरहेको संसदीय छलफलमा उपसमितिका संयोजक राजेन्द्र लिङदेनले त्यही खर्चमा अर्को विमानस्थल बनाउन सकिने बताएका छन् । उनले भनेका छन्, ‘पोखराको लागत वृद्धि हेर्ने हो भने त्यहाँ भएको भ्रष्टाचारको रकमले भैरहवा विमानस्थल बन्न सक्थ्यो ।’
लागत वृद्धि अस्वभाविक रहेको र उक्त लागतले भैरवा विमानस्थल बन्ने बताएका छन् ।
लिङदेनले प्रतिवेदन तयार पार्दा कुनै पूर्वाग्रह नराखिएको र अध्ययनको क्रममा सबै कागजात संकलन गरेर त्यसकै आधारमा निष्कर्ष निकालिएको दाबी गरे ।
उनले केहीले प्रतिवेदनमा त्रुटिपूर्ण भएको भनेपछि आपत्ति जनाएका थिए । उनले भने, ‘यसबारे हामीले तथ्यकै आधारमा काम गरेका हौँ । यो भावनात्मक वा राजनीतिक प्रतिवेदन होइन ।’
यसमा संलग्न सबैको नाम किटान नभए पनि उन्मुक्ति नपाउने बताए ।
प्रतिक्रिया दिनुहोस्: