काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समयमा ओलीले सिंहदरबारमा मन्त्रपरिषदको बैठक बोलाउन छोडेका छन् ।सरकार बालुवाटारबाट चलाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…