Bagmati Samachar Logo

पर्सामा झडपलाई नियन्त्रणमा लिन ७० राउण्ड अश्रुग्यास र २ राउण्ड हवाइ फायर

पर्सा । पर्साको वीरगञ्जमा दुई समुदायबीचको दोहोरो झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ७० राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले झडपलाई नियन्त्रण लिनको लागि थप दुई राउण्ड हवाइ फायर समेत गरेको हो । झडपका क्रममा ४ वटा मोटरसाइकल जलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झडपका क्रममा प्रहरी र सशस्त्र प्रहरी घाइते भएका छन् । जसमा एसपी गौतम मिश्रसहित प्रहरीका १५ जना र सशस्त्र प्रहरीका ८ जना घाइते भएका छन् । सर्वसाधारणतर्फ पनि केही घाइते भएको बताइएपनि यकिन विवरण आइसकेको छैन ।

यसरी झडप उग्र बनेसँगै स्थानीय प्रशासनले शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि मध्यान्ह १२ बजेसम्म लागू हुनेगरी वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।
हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । त्यहि शोभायात्राको क्रममा झडप भएको थियो ।