Bagmati Samachar Logo

वीरगञ्जमा स्थानीय समुदायबिच झडप

काठमाडौं। पर्साको वीरगञ्जमा स्थानीय समुदायबिच झडप भएको छ । वीरगञ्जको छपकैयामा हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको सोभा यात्राको क्रममा दुई पक्षबीच विवाद झडप भएको हो ।

हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।

यस क्रममा दुवै समुदायबिच ढुंगा हानहान भएको छ । यस क्रममा केही घाइते भएका छन् । घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न प्रहरीले घटनास्थलमा लाठीचार्ज गर्नुको साथै केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

यस क्रममा झडपमा संलग्नहरूले केही पसल र मोटरसाइकलहरूमा आगजनीसमेत गरेका छन् ।