Bagmati Samachar Logo

पक्राउ परेका दुर्गा प्रसाईंका सहयोगी राजभण्डारी सेनाका पूर्वक्याप्टेन

काठमाडौं । दुर्गा प्रसाईंका सहयोगी मुनिन्द्र राजभण्डारीलाई शानिबार प्रहरीले पक्राउ गरेको छ।

उनलाई प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। भण्डारी नेपाली सेनाका पूर्वक्याप्टेन हुन्। उनी रोयल टास्क फोर्सका कमाण्डरसमेत हुन्।

राजसंस्था पुनर्स्थापनाका लागि तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनपछि तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म एक सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ।

प्रसाईंको आह्वानमा तीनकुनेमा प्रदर्शन भएको थियो। प्रसाईं भने शुक्रबार अपराह्नदेखि फरार छन्। प्रसाईले प्रहरीले जहाँ बोलायो त्यहि आउछु भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । तर सञ्जालमा लेखेर फोन अफ गरेर बसेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त प्रदर्शनमा भिडलाई उक्साउने भूमिका खेलेको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई नियन्त्रणमा लिइसकेको छ।

तीनकुने घटनामा अहिलेसम्म १११ जना पक्राउ परेको एसपी अधिकारीले जानकारी दिए।

तीनकुनेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरज रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।