प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्राधिकरण पुगेर उनले पदबहाली गरेका हुन् ।
त्यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले शाक्यलाई मंगलबार नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । सो क्रममा मन्त्री खड्काले नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरूसँग प्राधिकरणले लिनुपर्ने बक्यौता तत्काल असुल गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत् प्राधिकरणले इमानदार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन दिए ।
शपथग्रहरणपछि नवनियुक्त कार्यकारी निर्देशक शाक्यले आफ्नो मन वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता गरे ।
सोमबार शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । कुलमान घिसिङलई कार्यकारी निर्देशक बाट हटाएको हो ।
प्रतिक्रिया दिनुहोस्: