प्रेस चौतारीमा राजेश राइलाइ जबरजस्ती बसालेर अध्यक्षमा गणेश पाण्डे चयन भएकाे घोषणा

विराटनगर । प्रेस चौतारी नेपालले अध्यक्षमा गणेश पाण्डेलाई घोषणा गरेको छ ।
विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईलाई उम्मेदवारी दिन नै नदिएर पार्टी नेतृत्वले जबरजस्ती पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन भएको घोषणा गरेको छ ।
राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए । तर नेतृत्वले निर्वाचन हुन नदिएपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएको घोषणा गरेको एक प्रतिनिधिले बताए ।
केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए, महासचिव हिरामान लामा नै दोहोरिए । महाधिवेशनबाट केन्द्रीय समिति घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: