Bagmati Samachar Logo

राजाहरूले भारतीय वेश्यालय गएर बेइज्जत गरेको विषय युवालाई जानकारी गराउन प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका राजामहाराजाहरूले भारतीय वेश्यालय गएर अन्तर्राष्ट्रिय रूपमा नेपालको बेइज्जत गरेको विषयबारे युवा पुस्तालाई जानकारी गराउन आह्वान गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राजामहाराजाहरूले भारतीय वेश्यालय गएर देशकै बेइज्जत गराएको र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले उनीहरूलाई छिटो नेपाल लैजान भनेको विषयबारे युवा पुस्तालाई जानकारी गराउन आह्वान गरेका हुन् ।

‘हिजोका राजामहाराजाहरू अन्तर्राष्ट्रिय रूपमा वेश्यालयहरू गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए ? यो युवालाई बुझाउनुपर्छ ,’ प्रचण्डले भने, ‘नयाँ पुस्तालाई यसबारे थाहै छैन ।