Bagmati Samachar Logo

दुई श्रीमतिसँग डिभोर्स गरेका आमिर खान १८ महिनादेखि एक बच्चाको आमासँग डेटिङमा

काठमाडौं । बलिउडका सुपर स्टार आमिर खान ६० वर्षको उमेरमा प्रेममा परेका छन् । उनले दुई पटक विवाह गरेका थिए । दुवै श्रीमतीसँग १६–१६ वर्ष जीवन बिताए । बच्चाहरू छन् । तर दुबै श्रीमतिसँग उनको घरबार चलेन । सम्बन्ध विच्छेद भयो ।

दुबै श्रीमतिसँग सम्बन्ध विच्छेद गरेका आमिर खानको अहिलेपनि दुबै पूर्व श्रीमतिसँग राम्रो सम्बन्ध छ । जबकि प्रायः छुटेका श्रीमान श्रीमति बोल्नु त परेको कुरा एकअर्काको अनुहार समेत हेर्न मन पराउँदैनन् । तर आमिरको आफ्नी पहिलो श्रीमती रीना दत्ता र दोस्रो श्रीमती किरण रावसँग अझै पनि बोलचाल र राम्रो सम्बन्ध छ । छोरीको बिहे गरेर ससुरा समेत बनिसकेका आमिर खान फेरि एक पटक प्रेममा परेका छन् । त्यो पनि बच्चाकी आमासँग ।

आमिर खानले यसअघि दुई पटक विवाह गरिसकेका छन्। उनले आफ्नी पहिलो श्रीमती रीना दत्तासँग सम्बन्ध विच्छेद गरेपछि किरण रावसँग विवाह गरेका थिए । उनले २०२१ मा किरण रावसँग सम्बन्ध विच्छेद गरेका थिए । उनी र रीना दत्त २००२ मा अलग भएका थिए । यस विवाहबाट उनका दुई सन्तान छन् । २००५ मा, उनले फिल्म निर्माता तथा निर्देशक किरण रावसँग विवाह गरेका थिए । दुवै २०२१ मा अलग भए । यस विवाहबाट उनको एक छोरा छ ।

उनी एक पटक फेरि बच्चाकी आमासँग प्रेममा परेका हुन् । यो कुरा अभिनेता आफैँले जन्मदिन अघिको एक समारोहका बिच अनौपचारिक तवरले मिडियालाई भनेका हुन् ।

दुवै जना एकअर्कालाई विगत २५ वर्षदेखि चिन्छन् । तर उनीहरूबिच पछिल्लो १८ महिनादेखि डेटिङ चलिरहेको छ । यस कुरालाई आफूले कसरी लुकाएर राखे भन्ने कुरा अभिनेता आफैँले खुलासा गरेका छन् ।

आमिर खानले हालै गौरी स्प्रेटसँगको आफ्नो सम्बन्धको पुष्टि गरेका थिए । उनले जन्मदिन अघिको एक सेलिब्रेशन कार्यक्रममा गौरीलाई मिडियासँग परिचय गराएर आफ्नो परिवारले पनि आफ्नी नयाँ प्रेमिकालाई मन पराउने बताएका थिए ।

१८ महिना पहिलाबाट चलेको थियो डेटिङ

आमिरले ठट्टा गर्दै भने, ‘देख्यौ, मैले तिमीहरुलाई केही पनि थाहा दिइनँ ।’ तर आमिर खानले मिडियाबाट आफ्नो सम्बन्ध कसरी लुकाए ? अभिनेताले भने, ‘सबैभन्दा पहिले, उनी बेंगलुरुमा बस्छिन् र अहिले पनि त्यतै छिन् । त्यसैले म उनलाई भेट्न त्यहाँ जान्थें र त्यहाँ मिडियाको ध्यान कम हुन्छ । त्यसैले हाम्रो सम्बन्ध गोप्य रह्यो’ उनले भने ।

गौरी मुम्बई आइन र आमिर अनि उनको परिवारलाई भेटिन् । अब आफूले सुरक्षित महसुस गरेकोले पनि सम्बन्ध सार्वजनिक गरेको उनको भनाइ छ । ‘हामी अब प्रतिबद्ध छौँ र हामीलाई एक अर्कालाई लिएर सेक्योर छौँ। त्यसैले हामीले हाम्रो सम्बन्धबारेमा तपाईंहरूलाई बताउने निर्णय गर्यौं’ उनले भने । सम्बन्ध लुकाइराख्नु नपर्ने बताउँदै उनले यसबारे बताइदिनु नै राम्रो ठानेर यो निर्णय गरेको बताए ।

आमिरको परिवारले गरे गौरीलाई स्वागत

गौरीले आमिरको परिवारलाई भेटेको बारेमा बोलेकी थिइन् । आमिरको परिवारले आफूलाई खुला हृदयले स्वागत गरेको उनले बताइन् । आमिरको परिवारले उनलाई खुला हृदयले स्वीकार गरेको पनि उनले बताएको भन्दै डेक्कन हेराल्डले समाचार छापेको छ । आमिर खानले गौरीलाई २५ वर्षदेखि चिन्ने बताएका छन् ।

को हुन् गौरी स्प्रेट

गौरी स्प्राट बैंगलोरकी बासिन्दा हुन । हाल उनी आमिर खान फिल्म्समा काम गरिरहेकी छिन् । उनको व्यावसायिक पृष्ठभूमि हेयर ड्रेसिङमा छ । उनले लन्डनको कला विश्वविद्यालयबाट फेसन, स्टाइलिङ र फोटोग्राफीमा एफडीए गरेकी छिन् । गौरीकी आमा तमिल हुन र बुबा आयरिश हुन् । उनका हजुरबुबा स्वतन्त्रता सेनानी थिए । उनी ६ वर्षको छोराकी आमा पनि हुन् ।
अहिले फेरी बलिवुडमा आमिर र गौरिको प्रेमको चर्चा खुबै चलेको छ ।