Bagmati Samachar Logo

शंकरदेव क्याम्पसमा क्रान्तिकारीले हरिशंकरलाई सभापतिकाे उम्मेदवार बनायाे

काठमाडौ । अखिल (क्रान्तिकारी) ले शंकरदेव क्याम्पस मा सभापति पदका लागि हरिशंकर प्याकुरेल (शंकर) लाई उम्मेदवार बनाएको छ। कालिकोट जिल्लाको पलाता गाउँपालिका घर भएका प्याकुरेल लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्। उम्मेदवारी घोषणा गर्दै उनले पारदर्शिता, सुलभ शिक्षा, र विद्यार्थी हकहितलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताए।

शंकर देव क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर विद्यार्थी राजनीति तातेको छ। विभिन्न विद्यार्थी संगठनहरूले आ-आफ्ना उम्मेदवार घोषणा गर्दै चुनावी प्रचार अभियान तीव्र बनाएका छन्

“शंकर देव क्याम्पसलाई शिक्षाको केन्द्र बनाउँदै, आर्थिक अपारदर्शिता अन्त्य गर्ने, अनावश्यक शुल्क वृद्धिलाई रोक्ने र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने मेरो प्राथमिकता हुनेछ,” प्याकुरेलले भने।

स्ववियु निर्वाचन नजिकिँदै जाँदा क्याम्पसमा चुनावी गतिविधि बढेका छन्। विभिन्न विद्यार्थी संगठनहरूले प्रचार-प्रसार, कोणसभा, र विद्यार्थी भेटघाट कार्यक्रम गर्दै उम्मेदवारहरूको एजेन्डा प्रस्तुत गरिरहेका छन्। निर्वाचनमा कसले बाजी मार्ने भन्ने कुराले विद्यार्थी समुदायमा चासो बढाएको छ।