ताजा अपडेट
राजनीति

एमाले निकट खेलकुद महासङ्घका अध्यक्ष सहित नेता कार्यकर्ताहरू माओवादी प्रवेश

एमाले निकट खेलकुद महासङ्घका अध्यक्ष सहित नेता कार्यकर्ताहरू माओवादी प्रवेश

सुनसरी। नेकपा एमाले निकट खेलकुद महासङ्घ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लब लगायत सङ्घसंस्थाको नेतृत्व तहमा रहेका व्यक्ति हुन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पदाधिकारीले स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरुमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका ६ का इन्चार्ज चितनारायन खेरवारलगायत नेताहरुछन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…